मन्त्रिपरिषद्‌ बैठक बस्दै, जेनजी आन्दोलनबारे छानबिन आयोग गठनको तयारी

काठमाडौं। आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । बै बस्ने समय भने तय भइसकेको छैन। बालुवाटार स्रोतका अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ।

जेनजी विद्रोहका क्रममा प्रहरीको दमनबाट ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। अझै कैयौँ घाइते अस्पतालमा उपचाररत छन्। सो घटनाको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ। यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो।

यता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसबेला सरकारले गोली चलाउन आदेश नदिएको र उनीहरू प्रहरीको गोलीबाट नभई अन्यकै हतियारबाट मारिएको गम्भीर र रहस्यमय दाबी गरेका छन्।