जेनजी आन्दोलनका घाइते पक्राउ
काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङले आफुहरुले गरेको आन्दोलन हाइज्याक गरेको भन्दै नाराबाजी पनि गरेका थिए।
घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए। सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
