राष्ट्रपतिले आँट गरेर संविधान जोगाए: सिपी मैनाली
काठमाडौं। नेकपा (माले)का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर संविधान जोगाएको बताएका छन्।
पश्चिमा र अन्य शक्तिहरूले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरी संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंसा गरे।
प्रगतिशील लेखक संघ, नेपालले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरूले संसद् पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताए।
उनले जेनजी पुस्ताले आफूहरूको माग पूरा गराउन दबाब दिए पनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने दावी गरे। महासचिव मैनालीले नेपालमा संविधान मास्न बाह्य शक्तिहरूले चलखेल गरिरहेको पनि बताए।
मैनालीले भने,राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभित्रै पारेर काम गरेका छन्। रामचन्द्र पौडेलले आँट गरेर भए पनि संविधान जोगाए। म धन्यवाद दिन्छु। संविधानमा धेरै कुरा राम्रा नभए पनि त्यो भत्किहाल्नु राम्रो थिएन र सुशीला दिदीलाई प्रधानमन्त्री बनाए।
अब कस्ता कस्ता मन्त्री ल्याउने हुन्रु अहिले नै जेनजीको माग सबै पूरा गराउने हो भने पनि चुनाव हुँदैन। मुख्य राजनीतिक दलहरूले गलत काम गरेका कारण मुलुकमा विपत्ति आइपरेको उनले दोहोर्याए।
