आज असोज ०६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- लगनशीलताले उल्लेखनीय उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पन्न हुनेछन् । मिठो वाणीले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर जुर्न सक्छ । तर अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्नेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कार्यबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीको माध्यमबाट काम बन्नेछ । लामो यात्राको अवसर जुट्न सक्छ । व्यापारमा सोचे अनुसारको लाभ नउठ्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्न सक्छ । यात्राको योग रहेको छ । लक्ष्य भने हासिल गर्न सकिनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- भौतिक साधन जुटेसँगै दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाईनेछ र आम्दानी पनि वृद्धि हुनेछ । ईर्ष्यालुहरूले दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले लाभ दिलाउनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- भौतिक साधन जुट्नेछन् भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । तर स्वास्थ्य समस्याले काममा ढिलाइ हुनेछ र अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे –आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी दिने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित कार्य सम्पन्न गरेर प्रशंसा पाउन सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने अवसर जुट्नेछ । भूमि सम्बन्धी वा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अरूमा भर पर्नाले धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । अघिल्लो उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूको साथले फाइदा हुनेछ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो लाभ हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा मात्र भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पर्न सक्छ । केही अवसर जुटेपनि परिस्थिति केही संघर्षमय रहनेछ। अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै उचित हुनेछ । मान सम्मान पाइनेछ । आफूलाई कमजोर भएको अनुभूति भएपनि धैर्यसाथ जुट्दा परिस्थितिमा सुधार हुनेछ । पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिन सक्छन्, तर टाढाका साथीभाइहरूसँग नयाँ सम्बन्ध बन्नेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- कामबाट फुर्सदिलो भइनेछ । अतिथिका रूपमा सत्कार पाउने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा लाभ पुग्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयास गर्नु उपयुक्त हुनेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ । तर आर्जित धन तत्काल खर्च गर्नुपर्ने बाध्यता आउन सक्छ। पुराना समस्याले केही झमेला निम्त्याउन सक्छन् । तथापि, मनग्य लाभ मिल्नेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- न्यून उपलब्धिका लागि पनि कडा मिहिनेत गर्नुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ । स्वास्थ्यमा कमजोरी आउन सक्छ र काममा अवरोध पर्नाले मन खिन्न रहनेछ । नचाहिँदो ठाउँमा धन नाश हुने योग छ । उद्योग तथा व्यापारमा सामान्य लाभ मात्र प्राप्त हुनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्नेछ । शत्रुहरूको चलखेल बढ्न सक्छ, जसले चुनौतीको सामना गर्न बाध्य तुल्याउँछ । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारसँगै प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । अल्छी गर्ने बानीले समस्या निम्त्याउन सक्छ, तर मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ।