मन्त्रीमा अनिलकुमार, जगदीश र संगिताको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई मन्त्रालयको जिम्मेवारी दिने गरी मन्त्रीमा सिफारिस गरेकी छन् । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व दिने निर्णय भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ । यसैगरी, सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम प्रस्तावित सिफारिस गरिएको छ। इमेज टिभीका समाचार प्रमुख रहेका खरेलले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव डा। संगिता कौशल मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको छ । मिश्राले मन्त्री बन्ने सम्भावना देखिएपछि आइतबार राजीनामा दिएकी थिइन् ।