सुनको मुल्य अहिलेसम्मकै उच्च,ताेलामा कति ?

golकाठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार भइरहेको छ।

यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको २ लाख २१ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २६८० मा कारोबार भएको थियो।