प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बालेन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ। बालेन छलफलका लागि विहान सवा ८ बजे बालुवाटार पुगेका थिए।

जेन जी आन्दोलन र बर्तमान सरकार गठनका निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्की बिच छलफल भएको हो। साह प्रधानमन्त्रीको सपथग्रहण सहमारोहमा समेत उपस्थित भएनन्।

मेयर साहपछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज केसीसँग छलफल गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीसँग मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले पनि सिंहदरबार पुगेर भेट गरेका थिए।