निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक

काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ। लेखककी आमा शारदा लेखकको उपचारको क्रममा आज निधन भएको परिवार स्रोतले जनाएको छ।

८९ वर्षीया आमा शारदाको ह्यम्स अस्पतालमा उपचारका क्रममा बिहीबार चार बजे निधन भएको हो । स्वर्गीय लेखकको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ।