आज असोज १० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- भाग्यले साथ दिएको छ । प्रशस्तै आर्थिक लाभ हुने देखिन्छ भने प्रेम प्रसंग रमाइलो रहनेछ । वित्तीय क्षेत्रमा पनि लाभ हुनेछ । आयआर्जनको अवसर राम्रो छ नयाँ काम गर्नको लागि परिवारजनको सल्लाह लाभदायी हुनेछ । नयाँ काम सुरु गर्नको लागि समय अनुकूल छ । व्यापारमा राम्रो धन लाभ हुनेछ र नउठ्ने पैसा पनि उठ्ने दिन छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- फलदायक समय छ । कमाइ बढ्दा मन प्रसन्न रहनेछ । सन्तानबाट पनि सुखद समाचार प्राप्त हुनेछ । आजको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी सक्रिय रहन मन जानेछ । साथीभाइले काममा सहयोग गर्नेछन् । रचनात्मक कार्यमा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- आर्थिक पक्ष ठिक भएपनि झगडा र डरको सम्भावना छ, सावधान रहनुहोस् । हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा नफस्नुहोस् । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रयास गर्दा पनि सफलता हात लाग्ने बेला विवाद हुन सक्छ र कसैसँग रिस उठ्न सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो –साथीभाइबाट मान सम्मान पाइने देखिन्छ, तर जागिरमा अपजस आउने सम्भावना छ । दिन सामान्य छ । काममा मन नजानाले काम अधूरा रहनेछ । मान सम्मानमा आघात पुग्न सक्छ । नयाँ काम सुरु गर्न समय अनुकूल छैन । कार्यमा हैरानी र जागिरमा समस्या बढ्न सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनमा शान्ति रहनेछ । बौद्धिक कार्यहरू सफल हुनेछन् । पढाइमा प्रगति हुनेछ । चल–अचल सम्पत्तिको कारोबार सम्भव छ । वैवाहिक जीवन सुखी रहनेछ। सामाजिक काममा नेतृत्वदायी भूमिका निभाउनु पर्नेछ, जसले मान प्रतिष्ठामा वृद्धि ल्याउनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अरूको विश्वास पाउने समय छ । प्रेममा सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यवसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने हुन सक्छ । साहित्यिक कार्यमा मन जानेछ । टाढाको यात्राबाट धनको लाभ हुने सम्भावना छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- सुखबाट टाढा रहनुपर्ने समय छ । गरेका काममा सफलता नआउने देखिन्छ । अनावश्यक ठाउमा धनको नाश हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधान रहनुहोस् । यात्रामा होस राख्नु लाभदायी हुनेछ । पिडा दिने व्यक्ति सक्रिय रहन सक्छन् । सामान्य रुघाखोकीले पनि सताउन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- रोकिएका अधुरा कार्य पूरा हुने तथा आँट गरेको काम सफल हुने समय छ । धन लाभको अवसर पनि छ । कामहरू सजिलै बन्नेछन् । आर्थिक लाभ प्राप्त हुनेछ र कसैबाट समर्थन पनि मिल्नेछ । बुद्धि विवेकले राम्रो निर्णय गर्न मद्दत गर्नेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अनुकूल समय छ । काममा अठोट गरे सफलता प्राप्त हुनेछ । व्यापार व्यवसायमा उन्नति हुने दिन हो । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ र धन लाभ हुने दिन छ । आँटेको कार्यमा सफलता र आर्थिक फाइदा मिल्नेछ । मनोरञ्जनको समय पनि रहेको छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- खर्च भएपनि भेटघाट र अन्य सामाजिक कामका लागि खर्चले मनमा सन्तोष दिनेछ । आर्थिक काम सफल हुने सम्भावना छ, तर काम गर्दा धेरै जोगिनु आवश्यक छ । यात्राको योग छ । घरायसी समस्याले सताए पनि काम सफल हुनाले मन सन्तुष्ट हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- खर्च बढ्ने तथा मनमा द्विविधा रहने देखिन्छ । पहिले निको भइसकेको रोगले पुनः सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुन सक्छ । काममा विघ्नबाधा आउन सक्छ । ढिला सुस्ती हुँदा आर्थिक हानीको सम्भावना छ । भौतिक साधनको पनि क्षति हुन सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- व्यवसायिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरू सफल हुनेछन् । आलस्यले काममा ढिलाइ हुन सक्छ । नयाँ काममा मन जानाले गरिरहेको कार्य ओझेलमा पर्ला । अरूलाई दिएको बाचा पूरा हुने दिन हो । काम गर्दा समय बिताए पनि मन खुशी हुनेछ । मन लगाएर काम गर्नु लाभदायी हुनेछ।