इटहरीमा श्रीमानले गरे श्रीमतीको हत्या
काठमाडौं। सुनसरीको इटहरीमा महिलाको हत्या भएको छ। इटहरी उपमहानगरपालिका–१२ मा डेराभाडामा बस्ने खोटाङको ऐसलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या भएको हो।
अनिसाको हत्या उनकै श्रीमान् सुमन दाहालले गरेको खुल्न आएको प्रहरीले जनाएको छ। सुमनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए। घरेलु विवादका क्रममा सुमनले अनिसालाई काठको दाउराले टाउको, नाक र कानमा प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो।अनिसाको उपचारका क्रममा गएराति मृत्यु भएको डीएसपी हमालले बताए।
