नेपालले आज कतारविरुद्ध अभ्यास खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारविरुद्ध अभ्यास खेल खेल्दै छ । अभ्यास खेल आज ‌ओमानको ओमान क्रिकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समयअनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ।

नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेल्न लागिएको हो ।

विश्वकप छनौट अन्तर्गत समुह बीमा जापान र कुवेतसँग रहको नेपालले पहिलो खेल कुवेतसँग बुधबार खेल्दै छ ।