बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भइरहेको छ। यस अघि आइतबार सुन तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २९६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको २९३० मा कारोबार भएको थियो।