मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर प्रचण्डले ढाँटे: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर ढाँटेको बताएका छन्।
आइतवार सम्पादकहरूसँगको संवादमा बोल्दै उनले आफूले गर्दै नगरेको काम गर्यो भनेर दाहालले झूट बोलेको दावी गरेका हुन्। अध्यक्ष ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताए।
अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रमाण देखाउन पनि दाहाललाई चुनौती दिए।
ओलीले भने,यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन। केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर प्रचण्डजीले भयानक झूट बोल्नुभयो। उनले वर्तमान सरकार अवैधानिक रहेको पनि दोहोर्याए।
