आज कार्तिक ०४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अचानक धन लाभ हुने योग छ। नयाँ आयस्रोत बन्न सक्छन् । लामो यात्राको सम्भावना देखिन्छ । साथी तथा परिवारबाट सुख, सहयोग र शान्ति प्राप्त हुनेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- नसोचेको स्थानमा खर्च बढ्ने सम्भावना छ। व्यर्थका खर्चहरूले मन पिरोल्न सक्छ । आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्, अनावश्यक खर्चबाट बच्नुपर्ने समय हो।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- आफन्तजन वा प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । पारिवारिक वातावरण सुखद हुनेछ । सम्बन्धमा नजिकापन बढ्नेछ र मनमा सकारात्मक ऊर्जा प्रवाह हुनेछ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आर्थिक लाभ हुने योग छ । बचत बढ्ने सम्भावना प्रवल छ । नयाँ कामका योजनाहरू बन्नेछन्, ती योजनाहरूले भविष्यमा फाइदा दिलाउनेछन्।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने सम्भावना छ । रमाइलो गतिविधिबाट फाइदा हुनेछ । पशुधन, जमिन वा सम्पत्तिबाट लाभ मिल्नेछ । नयाँ योजनाहरू सुरु गर्न अनुकूल समय हो।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- वादविवाद र अनावश्यक तर्क(वितर्कको सामना गर्नु पर्न सक्छ । आगो र मेसिनरी सामग्रीसँग सावधानी अपनाउनुहोस् । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन्, धैर्य आवश्यक छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- कार्य क्षेत्रमा केही डर या तनाव हुन सक्छ । तथापि, मान सम्मान प्राप्त हुनेछ । स्वास्थ्य अवस्था सामान्य रहला । आर्थिक पक्षबाट भने लाभदायी दिन हुनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आजको दिन रमाइलो र प्रसन्नतापूर्ण रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनोरञ्जनका अवसरहरू बढ्नेछन् र मनमा उत्साह छाउनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । काममा आत्मविश्वास र ऊर्जा बढ्नेछ । वैदेशिक सम्बन्ध वा कामकाजमा पनि फाइदा पुग्नेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- अनावश्यक झमेलामा पर्न सकिने सम्भावना छ, त्यसैले सावधानी अपनाउनुहोस् । साना हानि वा असहजता हुन सक्छ । शत्रु वा विरोधी सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस् । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- धन आर्जनका दृष्टिले राम्रो दिन हो । अन्न वा कृषि सम्बन्धी कार्यमा लाभ हुनेछ। अरूको सहयोग र समर्थन पाउने समय हो । आत्मबल र आत्मविश्वास बढ्नेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- राम्रो कमाइका कारण मन प्रशन्न रहनेछ। आर्थिक क्षेत्रमा प्रगति र उन्नति हुनेछ । नसोचेको स्थान वा स्रोतबाट धन लाभ भई खुशी बढ्नेछ । पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ।
