आज कार्तिक ०९ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अत्यधिक कामले मन भारी हुन सक्छ, त्यसैले ध्यान, मेडिटेशन वा योग अभ्यास गर्नु लाभदायी हुनेछ । हतारमा गरिएको निर्णय प्रायः गलत हुन्छ, त्यसैले संयमता अपनाउनु आजको प्रमुख आवश्यकता हो। विगतको सानो कमजोरी वा गोपनीयता बाहिरिनुले मानसिक तनाव सिर्जना गर्न सक्छ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज परिवार र पार्टनरबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण समय हुन सक्छ । तर साथीभाइ, भेटघाट वा मनोरञ्जनका अवसरहरू मिल्नेछन् । कुनै महत्वपूर्ण निर्णयमा अड्किनु वा दोधारमा नपर्नु उत्तम हुन्छ । कामधन्दा हिजो अस्ति जस्तै फलदायी रहला, तर परिवारिक जिम्मेवारीले केही समय बाधा पुर्याउन सक्छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन् र तपाईंको प्रतिष्ठा बढ्ने समय हो । स्वास्थ्य र आहार प्रति ध्यान दिनु लाभदायी हुनेछ । झगडा वा कलहबाट टाढा रहनु उपयुक्त हुन्छ । चुनौती वा परीक्षाहरूको सामना गर्न सकिनेछ, र प्रतिस्पर्धाबाट उचाइमा पुग्ने अवसर प्राप्त हुनेछ । तर अनावश्यक बहस वा विवादमा नफँसिनु नै बुद्धिमानी हुनेछ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज व्यक्तित्व विकासमा ध्यान दिन सकिने समय हो । आफ्नो लक्ष्य प्राप्त गर्नको लागि प्रयास गर्नुहोस्, अध्ययन वा तालिममा नयाँ अवसर आउन सक्छ । पार्टनरसँग खुला संवादले सम्बन्ध बलियो बनाउनेछ । धन कमाउने क्रममा जोखिम नलिनु उचित हुन्छ । मानसिक शान्ति र सकारात्मक दृष्टिकोणले दिन सफल बन्नेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- व्यवसायमा नयाँ सोच र रणनीतिले आम्दानी बढाउने सम्भावना छ । घरायसी जिम्मेवारीमा समय कम पर्ला । परिवारका सदस्यहरूले खिन्नता देखाउन सक्छन् । अध्ययन र मेहनतले राम्रो नतिजा दिनेछ, तर इन्टरनेट वा खेलकुदमा समय बिताउने बानीले पढाइमा बाधा आउन सक्छ । आजको दिन सोचबिचारपूर्वक कार्य गर्नुपर्छ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- आज मान्यजनसँग सम्बन्ध बलियो हुनेछ र उनीहरूलाई सम्मान दिनु आवश्यक छ । दाजुभाइ वा माइतीपक्षसँग भेटघाट र भलाकुसारीले मन प्रसन्न रहला । मेहनतले नतिजा दिने समय हो र सोचेको उपलब्धि प्राप्त गर्दा आत्म सम्मानमा बृद्धि हुनेछ । आफ्नो आन्तरिक शक्ति र मानसिक क्षमताको सदुपयोग गर्नु लाभदायी हुनेछ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- आज नयाँ व्यक्तिसँग भेटघाटले जीवन उज्यालो बनाउन सक्छ । धनको कारोबारमा जोखिम कम गर्नु लाभदायी हुनेछ । कुनै करार वा समझौतामा अघि बढ्नु अघि राम्ररी अध्ययन गर्नुहोस्। अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल प्राप्त गर्ने समय हो । आर्थिक हिसाब मिलाउने अवसर पनि मिल्नेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आफ्नो रुचि र क्षमता अनुसार अघि बढ्न सकिने अवसरहरू प्राप्त हुनेछन् । नेतृत्व र व्यवस्थापन कौशल प्रदर्शन गर्ने समय छ । नयाँ जिम्मेवारी वा पदभार ग्रहण गर्ने अवसर मिल्नेछ । सहकर्मीहरूसँग व्यवहारिक रहनु लाभदायी हुनेछ, र दीर्घकालीन योजना निर्माणमा ध्यान दिनु राम्रो छ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आज कल्पना र भावनामा केन्द्रित रहनु पर्ने दिन हो । घर परिवार वा छरछिमेकीका साना जिम्मेवारीले समय लिन सक्छ। आर्थिक कारोबारमा सतर्क रहनु लाभदायी छ। पुराना समस्या समाधान गर्ने र लाभदायी काममा सक्रिय रहन सकिने समय छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आम्दानीका स्रोत बढ्ने र दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ । प्रशासनिक वा नयाँ प्रस्तावमा विचार-विमर्श लाभदायी हुनेछ । व्यक्तिगत प्रतिष्ठा र पारिवारिक उन्नतिको लागि महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । खर्चमा कटौती गर्दा पनि लगानी लाभदायी रहला।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- विशेष कामले फाइदा दिलाउनेछ । साथी वा आत्मीयजनको स्वास्थ्यले चिन्ता बढाउन सक्छ । आफ्नो काममा तन्मय भएर लाभ उठाउन सकिने समय हो। लेनदेन, सार्वजनिक वा सरकारी काममार्फत फाइदा मिल्नेछ । घरायसी रमझम र कामधाम दुवै व्यस्त रहला।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- समस्या पहिचानभन्दा समाधानमा ध्यान दिनु लाभदायी छ । प्रयास र भाग्यले उपलब्धि दिलाउनेछ । लामो समयदेखि रोकिएका कामलाई जुनियर स्टाफको सहयोग लिएर पुनस् सुरु गर्न सकिन्छ । घर परिवार र अभिभावकसँग सम्बन्ध महत्वपूर्ण रहला। भावनालाई नियन्त्रण गर्दै संवाद गर्नु लाभदायी हुनेछ।
