सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी: दुर्गा प्रसाईँ
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफु देश छाडेर जान समेत तयार रहेको बताएका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफू सुध्रिन तयार रहेको त्यसका लागि देश छोडेर जान भनियो भने पनि तयार रहेको उनले बताए ।
‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन। मलाई केही चाहिँदैन,उनले भने।
आफू २०५७ सालदेखि माओवादी केन्द्र हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।
‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं। सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।
साथै उनले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’को हिस्सा भएको दाबी गरे। उनले भने,किन गिरिजाप्रसादले ‘ग्रान्ड डिजाइन’ भनिरहन्थे रु किन राजसंस्था र हिन्दू राष्ट्र हटाउनु परेको थियो रु यो खेल अहिले आएर प्रस्ट भयो ।
प्रसाईँले सिंहदरबार र सर्वोच्च अदालतजस्ता सम्पदामा आगलागी हुनुले व्यवस्था नै सकिएको संकेत गरेको टिप्पणी गरे।
