मैले भाग लिन पाइनँ भने चुनाव हुँदैन: रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू र आफ्ना सहयोगीहरू चुनाव लड्न नपाए देशमा फेरि चुनाव नै नहुने भन्दै धम्की दिएका छन् ।
यो अभिव्यक्ति उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको राजनीतिक संवादमा दिएका हुन् । चौधरीले आफूसँगै लक्ष्मण थारु र धनिराम थारुले चुनावमा भाग लिन नपाए देशमा चुनाव नहुने दाबी गरेका हुन्। चुनाव रेशम थारु, लक्ष्मण थारु र धनिराम थारुले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,उनले भने।
‘सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?भन्दै उनले नेपाली कांग्रेस, एमाले, शेरबहादुर देउवा,केपी ओली,पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टी (जेनजी) को इतिहासलाई चुनौती दिएका छन्। यसबाहेक,चौधरीले जनमत पार्टीका नेता पुरुषोत्तम यादवले आफूलाई चुनाव लड्न नदिने र नेता बन्न नदिने भन्दै हिँडेको आरोप लगाए।
‘अहिले चुनाव लड्न दिन्नँ भन्छन्। पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन्। देश परिवर्तन गर्ने हामी,संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी,कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ? उनले आक्रोश पोख्दै भने।
