संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छ: भीम रावल
कामठाडौं। पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन्। शनिवार काठमाडौँमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिह्न खडा भएको प्रतिक्रिया दिए।
नेपालको संविधानअनुसार अघि बढ्ने हो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधिसभा विघटन गराउने अधिकारी नभएकाले वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्ने अवस्था रहेको रावलको भनाइ थियो।
नेता रावलले यही संविधानअनुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने जिकिर समेत गरे।
