सर्वपक्षीय सहमति नगरी निर्वाचनमा जान सकिँदैन: मिराज ढुङ्गाना

काठमाडौं। जेनजी अभियन्ता मिराज ढुङ्गानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने बताएका छन्। उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता आवश्यक रहेको बताएका छन्।

एक नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने बताएका हुन्।

उनले भने, ‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन। यो नेपाली जनतालाई फेयर हुँदैन। जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, त्यसको लागि न्याय होइन यो।

उनले जेनजी आन्दोलनको अर्थलाई साबित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे।जो पनि जेनजी साथीहरू हुनुहुन्छ । तपाईँहरूले सोझै निर्वाचन नभनिदिनुहोला,उनले भने।

यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरूलाई आग्रह गरेका उनले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गर्दा यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने बताए । ‘केही नगरी हामी निर्वाचनमा गयौँ भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधीन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ, उनले भने।