एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो।
यसअघिको बढुवामा भने उनी छुटेका थिए । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो।
