सप्तरीमा क्रिकेट खेलेर फर्केका भाइको मृत्यु, दाजु बेहोस

सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाइको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन्।

शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो भने १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन्।

खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल राकेशको मृत्यु भएको बुवा किसुनदेव यादवले बताए। दाजु रुपेशको अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डक्बरबहादुर पुरीले मृत्युका कारण पोस्टमार्टको रिपोर्टपछि खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।