प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय रहने
काठमाडौं । आज घोषणा हुन लागेको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने भएको छ। नेता सुदन किराँतीले केन्द्रीय सदस्य तत्काललाई १५१ सदस्यीय हुने सहमति भएको जानकारी दिए।
साथै उनले एउटा अध्यक्ष मण्डल वा परिषद मानेर क्लस्टरका आधारमा ५–६ जनाको नेतृत्व घोषणा गरिने र त्यसैले नै कार्यकारी भूमिका निर्वाह गर्ने बताए ।
केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको भनेर भागबन्डा नहुने र शीर्ष नेताहरू कार्यकारी जिम्मेवारीमा नरहे पनि केन्द्रीय समितिमा भने अटाउने उनले जानकारी दिए ।
नेता किराँतीका अनुसार पार्टीको चुनाव चिह्न आँखा र झन्डा पनि आँखा अंकित राखिनेमा करिब सहमति जुटेको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त प्रगतिशील समाजवाद रहने छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच आज एकता हुँदैछ।
