तोलामा २९ सय बढ्यो सुन,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा दुई हजार नौ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।
