देउवा भेट्न महाराजगञ्ज पुगे ओली
काठमाडौं । जेनजी आन्दोलनपछि लामो समय औपचारिक भेटवार्ता नगरेका तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।
देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको ओलीको सचिवालयले जनाएको छ। दुई नेताबीच पछिल्लो राजनीतिक गतिविधि, पार्टीभित्र र बाहिरका विषय तथा निर्वाचनसँग जोडिएका विषयमा छलफल हुने जनाइएको छ।
