आज काठमाडौंमा नेकपाको सन्देश सभा, प्रचण्ड-माधव लगायत नेताले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दैछ। बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने सभामा ५० हजार सहभागी हुने नेकपाले जनाएको छ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन तालिका छ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर बनेको नेकपाले सातै प्रदेशमा एकताको सन्देश सभा गर्दै आएको छ।
