चुनावको मुखमा एमालेका नेताहरूले दिए सामूहिक राजीनामा,ओलीलाई लाग्यो झट्का

काठमाडौं । सिरहामा नेकपा (एमाले) का प्रदेश कदिटीदेखि वडा कमिटीसम्मका विभिन्न तहका नेताहरूले पार्टी छाडेका छन् । १२ नेताहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

गोलबजारमा पार्टी त्यागको घोषणा गर्दै उनीहरूले पार्टी नेतृत्वमा स्वेच्छाचारी व्यवहार र एकल निर्णय प्रक्रिया हाबी भएको आरोप लगाए । संगठनभित्रै रहेर सुधारको प्रयास गरे पनि नेतृत्वले गम्भीरतापूर्वक नलिएको, इमानदार कार्यकर्तालाई पन्छाउने र आलोचनालाई दबाइएको उनीहरूले आरोप लगाएका छन् ।

पुष्पलाल पाख्रिन (प्रदेश कमिटी सदस्य), माधवबहादुर बुढाथोकी (पूर्व जिल्ला कमिटी सदस्य), भीमबहादुर थापा (बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य) छन् । त्यस्तै जिल्ला कमिटीबाट धनराज यादव (पूर्व जिल्ला कमिटी सदस्य), तुलसीप्रसाद उपाध्याय (जिल्ला कमिटी सदस्य), प्रमोदकुमार लामा (जिल्ला कमिटी सदस्य), तेजकुमार लामा (पूर्व जिल्ला कमिटी सदस्य), राजकरण साह, पूर्व वडा कमिटी अध्यक्ष, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा र नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतोले पार्टी छाडेका हुन् ।