फागुन ३ भित्र घोषणापत्र पेस गर्न दलहरुलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ।

आज आयोगमा बसेको बैठकले आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन का लागि निर्वाचनमा भाग लिएका सबैलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।