६० लाख लुटपाटमा प्रहरी हवलदार सहित ४ जना पक्राउ
काठमाडौं । ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवलदार सहित चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको हाे।
‘प्रहरी हवलदार सहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
‘सस्तो दरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

