कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो: कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन्।

नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा वामपन्थी विचार र शक्तिहरूको वर्चश्व रहेको उल्लेख गर्दै कांग्रेसले पनि सोही विचारधारा अनुसार आफूलाई अघि बढाएको दाबी गरे। उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहो¥याउने काम भएकाले मुलुकमा विडम्बनापूर्ण अवस्था आएको जिकिर समेत गरे।

यस्ताे छ थापाको भनाइ

नेपालको राष्ट्रिय राजनीतिमा मूलतः वामपन्थी विचार र शक्तिहरूकै वर्चश्व रह्यो। मैले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु।

किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रुपमा लिने गरिन्छ। यो ७० वर्ष लामो बैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो।

एकातिर नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्पराप्रति आस्था राख्ने र त्यसैबाट निश्रित वैचारिक अवधारणाबाट अनुप्राणित छ। वैदिक कालदेखिका मूल्य र मान्यताले नेपाली समाजमा बलियो जरो गाडेर बसेको छ। एकातिर प्राचिन वैदिक मूल्य र मान्यता र परम्परा नेपाली समाजको विशिष्ट चरित्र हो।

तर अर्कोतर्फ राजनीतिक रुपमा भने त्यसको ठिक विपरित मान्यता राख्ने साम्यवाद, माक्र्सवादवाद, समाजवादले हाम्रो समाजलाई डोहोर्‍याउने, नेतृत्व दिने काम गर्‍यो। त्यो विरोधाभाषले मलाई घच्घच्याई राखेको थियो। त्यो विडम्बनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो।