कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको चुनावी घोषणापत्र फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ। आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेर कांग्रेसले बुधबार मधेसमा हुने चुनावी सभामा सार्वजनिक गर्ने भएको हो।
कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार कांग्रेसले भिजन १० को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको छ।
