आज फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष- सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन । समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला।
वृष- आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ।
मिथुन- पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ। श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ।
कर्कट- पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ।
सिंह- मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिेनेछन् । विहान काम बन्नेछ, बेलुका सामान्य तनाव होला। इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला।
कन्या- स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ। केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला।
तुला- काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योगका साथै फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ।
वृश्चिक- व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ, प्रिय साथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ।
धनु- खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला। काममा समस्या देखिएला।
मकर- काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ।
कुम्भ- आयआर्जन हुने दिन छ, यात्राको सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । फलिफाप हुने दिन छ।
मीन- घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला। साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ।
