बढ्यो पेट्रोलियम पदार्थको मूल्य,कति पुग्यो ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ।
आयोगका अनुसार, पेट्रोलमा १ र डिजेलरमट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ।यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ।
त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ।
