सिंहदरबार बनाउने मात्रै होइन बदल्ने हो: लामिछाने

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने योजना लिएर आएको बताएका छन्।

आज सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पुराना दलको पछि नलाग्न आग्र गरे।

उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताए । उनले भने, ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु। सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो। बदल्ने हो।