निर्वाचनको विरोध गर्ने नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ
काठमाडौं। नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई आज पक्राउ गरेको छ।
निर्वाचनविरोधी गतिविधि गरेकाले उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
उनलाई कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिँदै कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले थाहाखबरलाई जानकारी दिए। उनीसहित अहिलेसम्म ४ जनालाई पक्राउ गरिएको उनले बताए।
यसअघि नेकपा बहुमतका महासिचव धर्मेन्द्र बास्तोला र नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पक्राउ गरिएको उनले बताए।
