जुम्लामा भ्यान दुर्घटना: सात निर्वाचन प्रहरी घाइते
काठमाडौं। जुम्लामा भ्यान दुर्घटना हुँदा सात निर्वाचन प्रहरी घाइते भएका छन्। बिहीबार जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका–६, धौलापानीमा दुर्घटना हुँदा सात निर्वाचन प्रहरी घाइते भएका हुन् ।
भ्यानमा सवार सातै निर्वाचन प्रहरीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको प्रहरीले जनाएको छ। घाइते सातमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
