गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ: रवि लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिब बस्तीमा डोजर चलाइने भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

चुनावी वाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले गरिबको बस्ती हटाउने होइन, व्यवस्थापन गर्ने पार्टीको नीति रहेको स्पष्ट पारे।

“कतिपयले बस्तीमा डोजर चल्छ भनेर तर्साउने काम गरिरहेका छन्,लामिछानेले भने,गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन। डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चल्छ। हामी गरिबको व्यवस्थापन गर्छौं।

उनले रास्वपाका उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गर्दै मतदातासँग जवाफदेहिताको प्रतिबद्धता पनि व्यक्त गरे।

अहिले तपाईंहरूले घण्टी बजाउनुहोस् । पाँच वर्षपछि केही गर्न सकेनौं भने राजनीतिक रूपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस्,उनले भने।