सुनको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार तीनसय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
