जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पा । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो।
११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो।
घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
