दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई गैरकानुनी थुनाबाट मुक्त गर्नबन्दीप्रत्यक्षीकरणको आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा उक्त आदेश जारी गरेको हो।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
अदालतको आदेशसँगै प्रसाईंको थुनासम्बन्धी कानुनी अवस्था स्पष्ट भएको छ।
