बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

आज बिहान ८ बजे बा–३ ख ३२२९ को फोहोर बोक्ने टिपरले बा–०२–००१ ब ९४५ स्कुटरलाई ठक्कर दिँद चालक सुनसरीको इनरुवा–५ घर भइ लोकन्थली बस्ने वर्ष ४८ का बद्री कोइरालाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले थाहाखबरलाई जानकारी दिए।

टिपरको ठक्करबाट गम्भीर घाइते उनलाई सिभिल अस्पताल पुर्‍याइएकोका चिकित्सकले मृत घोषणा गरेका थिए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।