दुई समूहबीच झडप, प्रहरीले गर्‍यो ६ राउन्ड हवाइ फायर

सांकेतिक तस्वीर

काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ। मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो।

उक्त झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्। घाइते हुनेमा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे रहेको एसपी चन्दले बताए। उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा होली खेलेर बसेका उनीहरू मदिरा समेत सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीले जनाएको छ।प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ।