अहिलेसम्म रास्वपाका ३३ जना विजयी, ८६ जनाको अग्रता
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुग्दै गर्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पक्षमा लहर देखिएको छ। पछिल्लो प्राप्त विवरणअनुसार चालिस निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ,जसमा रास्वपाले तिस सिटमा सानदार जित दर्ता गर्दै ऐतिहासिक वर्चस्व कायम गरेको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म घोषित परिणाममध्ये नेपाली कांग्रेसले ५, नेकपा एमालेले २, नेपाली कम्युनिस्ट पार्टीले दुइ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जित हासिल गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३३सिट जितेका उम्मेदवारको नामहरू, सुलभ खरेल, रुविना आचार्य, रवि लामिछाने, मनिष झा,सन्तोष राजवंशी, अरविन्द साह,विना गुरुङ, प्रदीप विष्ट,डोलप्रसाद अर्याल, प्रमोदकुमार महतो, सुनील केसी, रुकेश रञ्जित, सुरेशकुमार चौधरी, उत्तमप्रसाद पौडेल, सस्मित पोखरेल, खगेन्द्र सुनार, पुकार बम, धनञ्जय रेग्मी, कन्हैया बनिया, गणेश पराजुली, शिशिर खनाल ,बुद्धिप्रसाद पन्त, सागर भुसाल, विराजभक्त श्रेष्ठ, राजुनाथ पाण्डे, कोमल ज्ञावाली ,रन्जु न्यौपाने, सोम शर्मा, वुद्धरत्न महर्जन, लेखजंग थापा, सुशील खड्का, लगायत रहेका छन्।
