आज फागुन २९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
मेष- व्यवसायिक काममा खर्च बढ्नेछ र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला । समय मध्यम रहने देखिन्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ।
वृष- आज आयआर्जन राम्रो हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरञ्जनमा समय बित्नेछ भने टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
मिथुन- पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तीय लाभ हुने देखिन्छ । कृषि र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ र व्यापार व्यवसायमा फाइदा हुने देखिन्छ ।
कर्कट- स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिन हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छर छिमेकमा झैझगडा हुने सम्भावना छ, सावधान रहनु होला। रुपैँया पैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ र आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ।
सिंह- व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय छ। आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन्। तर काम बिग्रने डरले मन अशान्त रहन सक्छ। बेसुरमा बचन दिनाले दुःख पाइने सम्भावना छ। मान सम्मानमा पनि ठेस पुग्न सक्छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ र समस्या थपिन सक्छन्। सानातिना काममै समय बित्ने दिन छ।
कन्या- प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत हुनेछ भने दाम्पत्य जीवनमा सुखको अनुभव हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ । सजिलै काम बन्नाले उत्साह बढ्नेछ। सानो प्रयासले ठूलो काम सम्पन्न हुनेछ। परोपकारजन्य कार्यमा समय बित्नेछ । मंगलमय कृत्य गर्ने तथा तीर्थाटनको अवसर पनि प्राप्त हुन सक्छ।
तुला- सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ, दिन सामान्य रहनेछ। सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ। रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ काम तथा जिम्मेवारी हात पार्ने मौका मिल्नेछ।
वृश्चिक- मुख्य काममा बाधा आउने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुन सक्छ। स्वास्थ्य पनि कमजोर रहन सक्छ। आँटेको काम समयमा पूरा नहुन सक्छ र पढाइ लेखाइमा त्यति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाउन सकिन्छ।
धनु- समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीका कारण इष्टमित्र टाढिन सक्छन् । तर आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ, तर काम बिग्रने डरले मन अशान्त रहन सक्छ।
मकर- लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आमाको माध्यमबाट काम बन्ने सम्भावना छ। नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। अरूका विषयमा चासो लिँदा विवादमा परिन सक्छ। असावधानीले धन खर्च हुन सक्छ।
कुम्भ- बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेट सम्बन्धी समस्याले सताउन सक्छ। आफ्ना विषयमा अरूले अधिकार जमाउन खोज्न सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला र सरकारी कडाइको सामना गर्नुपर्ने हुन सक्छ।
मीन- सवारी चलाउँदा सावधानी अपनाउनुहोला। लेनदेन सम्बन्धी विवादले अप्ठ्यारो पर्न सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। विद्यामा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद हुन सक्छ । व्यवसायिक काममा पनि समस्या आउन सक्ने सम्भावना छ।
