आलिताल गाउँपालिकाको मोटरसाइकल दुर्घटना

काठमाडौं। डडेल्धुराको आलिताल गाउँपालिकाको मोटरसाइकल धनगढीमा दुर्घटनामा परेको छ।

हिजो राति अत्रियाबाट धनगढीतर्फ गइरहेको सरकारी नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०१–००१ प १७६२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश ३ ०१–०२२ प ४३ ९२ नम्बरको कारको पछाडी ठक्कर दिएको थियो।

धनगढी उपमहानगरपालिका–४ बोराडाँडी चोकमा भएको दुर्घटनामा गाउँपालिकाका कार्यरत सब–इन्जिनियर सन्तोस बोगटी र आलिताल गाउँपालिका– १ बस्ने खगेन्द्र बोगटी घाइते भएका छन्। खगेन्द्रको माया मेट्रो र सन्तोषको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको अवस्था अहिले खतरामुक्त छ। कार चालक धनगढीकै नवराज पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।