हाम्रो गुठीमा भ्रष्टाचार भएको गुठियार सदस्यकै आरोप,बुबाको मृत्यु हुँदापनि गुठियारले पाएनन पाउनु पर्ने राहत
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका रामजानकी टोल ६ मा सञ्चालित हाम्रो गुठी नामक सामाजिक संस्थामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ।
२०५५-५६ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भै सञ्चालन हुँदै आएको हाम्रो गुठी हालका कार्यसमितिका पदाधिकारीका कारण विघटनको मोडमा पुगेको गुठियारहरुले नै बताउँने गरेका छन्।
गुठियारहरुको विरोधकै विच केही महिना पहिला संस्थाको साधरण सभा सम्पन्न गर्दै श्याम बहादुर कार्की अध्यक्ष र सचिव धुर्ब बहादुर कार्की चयन भएका थिए।
विगतमा पनि यिनै टिम सहितको कार्यसमितिबाट सञ्चालित हाम्रो गुठी भ्रस्टाचारको दलदलमा फसेको सो गुठिकै एक सदस्यले बताएका छन्। उनका अनुसार गुठीले सार्वजनिक जग्गा हकभोग गर्दै आएको र सो जग्गामा बनेको भवनका चारवटा सटरबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने गर्छ भने गुठिमा १५५ जना सदस्यहरु आबद्ध रहेका छन्।
क्रियापुत्री भवन समेत रहेको गुठिमा दुई फ्लाईट मध्य एक फ्लाइट गुठीका सदस्य बाहेक बाहिरी मानिसलाई भाडामा लगाइन्छ। सोको भाडा मानिस हेरेर १० देखि २२ हजारसम्म असुल्ने गरेको गुठियार सदस्यहरूको आरोप छ।
गुठियार सदस्हरुका अनुसार प्रत्यक वर्षको साउन महिनाको ५ देखि ७ गते भित्रहुने गुठीको साधारणसभा गत भदौ १४ गते तोकिएकोमा गुठिका सद्स्यहरुले हालका कार्यसमितिले व्यापक भ्रष्टाचार गरेको भन्दै बिद्रोह गरेपछि साधारणसभा रोकिनुका साथै छानबिन समिति समेत बनेको खुलेको छ। छानवीन समितिका संयोजक जयराम पुडासैनीको नेतृत्वमा सदस्यहरु प्रदीप कुमार गौतम,माधव पौडेल ,सरोज नेपाल,उद्दब मैनाली रहेका थिए।
गुठीका एक कार्यसमिति सदस्यका अनुसार सो छानवीन समितिले हाम्रो गुठीमा भएको अनियमिततालाई सत्यतथ्य बाहिर ल्याउँदै गत कार्तिक १ गते २५औं वार्षिक साधारणसभा गर्ने मिति समेत तय गरेको थियो तर सो मितिमा पनि साधारणसभा सम्पन्न हुन सकेन।
अन्ततःपुरानै प्रतिबेदनको प्रतेक पाना माथि अर्को पाना टाँस्दै झारा टार्नुका साथै गुठियार हरुलाई गुमराहमा राख्दै वार्षिक साधारणसभा सम्पन्न गरेका थिए।
गुठिका धेरै जसो सदस्यहरुले हालका कार्यसमितिले गुठि भवनको भाडा,संघीय सरकारबाट प्राप्त अनुदान,प्रदेश सरकारबाट प्राप्त अनुदान,नगरपालिकाबाट प्राप्त अनुदान,रामजानकी मन्दिरको सटरबाट हुने आम्दानी,भेटीघाटी,गुठिको स्मारिका छपाई,सप्ताह (महायज्ञबाट भएको आम्दानीमा हिनामिना गर्दै खर्च बढि देखाएको आरोप लगाएका छन्।
यसैगरि गुठिका सदस्य एवम् निवर्तमान कोषाध्यक्ष भक्त बहादुर क्षेत्रीले संचालन गरेको कुमारी भैरव बचत तथा ऋण सहकारी संस्थामा गुठीबाट आम्दानी भएको रकम मुद्दती बचतमा राखे पनि हाल सहकारी संस्थानै धरासाही भएकाले सो रकम फिर्ता हुनेमा समेत शंका बढ्दै गएको छ।
यस विषयमा हाम्रो गुठिका अध्यक्ष श्याम बहादुर कार्कीसँग बुझ्दा उनले भने “संस्थामा आर्थिक हिनामिना भएको जस्तो लागेर नै हामीले जयराम पुडासैनीको नेतृत्वमा छानवीन समिति गठन गरेका थियौं छानबिन समितिको रिपोर्ट पछि साधारणसभा पनि सम्पन्न गरेको बताए।

बुबाको मृत्यु हुँदापनि गुठियारले पाएनन राहत
सेतो पहिरनमा,झुस्स दार्ही फुलेको ओठमुख प्याक्क सुकाउँदै एक व्यक्ति हाम्रो कार्यालयमा आइपुगे। झट्ट हेर्दा लाग्थ्यो उनी संसारमा एक्लै छन्। हुनपनि बुबाको मृत्यु एक छोराका लागि आकाश खस्नु,जमिन भासिनु र बाँकी जीवनमा सुनामी सहनु जस्तै हो।
ती व्यक्ति थिए काभ्रेपलान्चोक जिल्ला पनौती स्थाई निवासी विष्णुप्रसाद आचार्य। गाउँ घरमा खेती किसानी गर्दै आएका विष्णुप्रसादको शिरदेखी पाउ सम्म नियाल्दा लाग्थ्यो उनी क्षतविक्षत अबस्थामा छन्।
उनै विष्णुप्रसादलाई दुखको बेला झन दुख दिने काम गरेका रहेछन हाम्रो गुठिका अध्यक्ष श्याम बहादुर कार्कीले। हाम्रो गुठिका संस्थापक गुठियार हरि प्रसाद आचार्यको गत फागुन ५ गते मृत्यु भयो।
हाम्रो गुठिका संस्थापक गुठियार हरि प्रसाद आचार्यले आफ्नो उमेर ढल्के सँगै ४ र ५ वर्ष अगाडि उनले आफ्नो जेठा छोरा बिष्णु प्रसाद आचार्यको नाममा गुठियार नामसारी गरिदिएकारहेछन्।
गत फागुन ५ गते बुबाको मृत्यु भएपछि छोरा विष्णुप्रसादले गुठिबाट उपलब्ध हुने सेवाको माग गरे तर दुखको बेला सहयोग त कहाँ हो कहाँ उल्टै संथाका अध्यक्षबाट आफु अपमानित हुनु परेको दुखेसो पोखे।
गुठियार विष्णुप्रसाद भन्छन् पहिले वार्षिक ३५० रुपैयाँ बुझाउनु पर्ने थियो हाल बढाएर पाँच सय रुपैयाँ पुर्याएका छन् ती सबै रकम मैले बुझाएको रसिद मसँग सुरक्षित राखेको छु।
गुठियार आचार्य भन्छन् गुठीको नियम अनुसार बुबाको मृत्यु भएपछी अरु गुठियारहरुले विचरा स्वरुप दिएको रकम समेत हाम्रो गुठिका अध्यक्ष कार्कीले दिएका छैनन।
यस विषयमा गुठिका अध्यक्ष श्याम बहादुर कार्की सँग बुझ्दा उनले भने म कार्यसमितिमा कुरा राख्छु र आइतबार सम्म पिडितलाई रकम उपलब्ध गराउन सकिन भने राजिनामा दिन्छु। अब उनले नियम संगत गुठियारले पाउने रकम यति भनेपछि त दिनै पर्ने देखिन्छ।

