एमालेले छान्यो १६ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ १६ जना सांसदको नाम छनोट गरेर टुंगो लगाएको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरु सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

आदिवासी जनजातितर्फ भुमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) छन् । त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेकी छन् ।

थारुतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्। त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल(पुरुष) छन्। मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेको उपमहासचिव भट्टले बताए।

यी हुन् १६ समानुपातिक सांसदस्

जनजाति

महिला 

भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ

पुरुष 

रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५ जना)

महिला 

पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष

गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु (१ जना)

कृपाराम राणा (पुरुष)
दलित (२ जना)

महिला

विष्णुमाया वी।के।
नीता घटानी
मधेसी (३ जना) महिला

महिला 

रिङ्ला यादव
यशोधा कुमारी यादव

पुरुष 

चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम

महिला 

साजिदा सिद्दीकी