वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी

काठमाडौं। नवलपरासीमा एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ।

चालु आर्थिक वर्षमा रुख कटान,ढुवानी,घाटगद्दी,तारजाली निर्माण,वन रक्षा,अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए।

कामको प्रकृति अनुसार एक जना कामदारलाई ६५० देखि एक हजारसम्म ज्याला दिइएको जानकारी दिँदै उनले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताए।