श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

मोरङ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पाचौँ ठूलो दल बनेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदहरूको नाम टुंग्याएको छ।

श्रम संस्कृतिले आदिवासी महिलामा मन्दिरा मोक्तान, दलित महिलामा राधिका रम्तेल, खसआर्य महिलातर्फ अम्बिका संग्रौला र आदिवासी जनजाती पुरुषमा पूर्ण लिम्बुको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाएको हो। प्रत्यक्षतर्फ सुनसरी–१ बाट पार्टीका अध्यक्ष हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका थिए। समानुपातिकमा श्रम संस्कृतिले ३ लाख ८५ हजार ९०२ मत पाएको छ।