उपसभामुखमा रास्वपा: राप्रपालाई आश्वासन, श्रम संस्कृतिलाई समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई समर्थ गर्ने आश्वासन दिएर दिएर श्रम संस्कृति पार्टीलाई समर्थ गरेको छ ।

राप्रपा र श्रम संस्कृति पार्टीकाबाट उपसभामुखमा उम्मेदवारी दर्ता भएको छ । जसमा राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै,श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् ।

रुवी कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका छन् । यस्तै, प्रतिपक्ष दल नेकपा एमाले र काँग्रेसले पनि श्रम संस्कृति पार्टीलाई नै समर्थ गर्ने जनाइएको छ ।

लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।उनलाई रास्वपाले समर्थन गर्ने राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँगको कुराकानीमा शाहीले रास्वपाको सभापतिले फोन गरेपछि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् । शाहीले अर्को पार्टीलाई समर्थन गर्ने भए आफूलाई सभापति लामिछानेले किन फोन गरेको भन्दै प्रश्न गरे ।