उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आज सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै पद हात पारेकी हुन् ।

निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये ठाकुरले २१५ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी लामाले मात्र ५ मत पाइन्।

ठाकुरलाई सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो। यद्यपि एमालेले भने मतदान प्रक्रियामा भाग लिएन।